काठमाडौं, ११ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज विहानै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग फोनवार्ता गरे । दुई नेताबीच फोनवार्ताबारे प्रचण्डले महाधिवेशन उदघाटनमा खुलासा गरे ।
प्रचण्डले महाधिवेशनमा अतिथिका रुपमा ओलीलाई निम्तो गरे । ओलीले आफू काठमाडौं बाहिर रहेको जवाफ दिए । प्रचण्डले जसरी पनि मिलाएर आउन भने ।
प्रचण्डले निकै जोडबल गरे । ओलीले महासचिव इश्वर पोखरेललाई पठाउने जवाफ दिए । प्रचण्डले महाधिवेशनमा बोल्दै महासचिव पोखरेललाई पठाएकोमा ओलीलाई धन्यवाद दिए ।