Logo

सिद्धार्थ बैंकद्धारा सातै प्रदेशमा सरसफाइ कार्यक्रमको आयोजना



काठमाडौं, १२ पुस । सिद्धार्थ बैंकले वातावरणलाई सफा राख्न सातै प्रदेशका विभिन्न स्थानहरुमा सरसफाइ कार्यक्रम आयोजना गरेको छ । बैंकको १९औं वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस सरसफाइ कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा बैंकका कर्मचारीहरुका साथसाथै स्थानीयवासीहरुको पनि उल्लेखनीय सहभागिता रहेको थियो ।

वातावरणलाई सफा राखी सुन्दरता कायम गर्ने उद्देश्यका साथ देशका सातै प्रदेशका निम्न लिखित २३ स्थानहरुमा सरसफाइ कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ ।

बैंकले प्रदेश १ को बनसखन्डी मन्दिर, विराटनगर,श्री कृष्ण प्रणामी मन्दिर, ईटहरी, नमुना मार्ग, दमक, मेन चोक, ईलाम बजार, सुपारी लाइन देखि हनुमान मन्दिर, काकडभिट्टामा सरसफाइ कार्यक्रम आयोजना गरेको हो ।

यसैगरी, प्रदेश २ को शिव मन्दिर, विरगञ्ज चिनी मिल क्षेत्र, राम मन्दिर, जनकपुर र बाग्मती प्रदेशको स्वयम्भूनाथ स्तूप, काठमाडौं, बुढानिलकण्ठ मन्दिर, काठमाडौं, चाबहिल गणेश मन्दिर, काठमाडौं, कमलपोखरी, काठमाडौं, बंगलामुखी मन्दिर, ललितपुर, सुर्यविनायक गणेश मन्दिर, भक्तपुरमा सरसफाइ कार्यक्रम आयोजना गरेको हो ।

बैंकले गण्डकी प्रदेशको मनकामना मन्दिर, लुम्बिनी प्रदेश, सोमाई माई मन्दिर, भैरहवा, कालिका मन्दिर परिसर, तुल्सीपुर, बागेश्वरी मन्दिर र हडिंया बाबा आश्रम परिसर, नेपालगञ्ज, कर्णाली प्रदेशको बिलासपुर मन्दिर परिसर, दैलेख, कृष्ण मन्दिर र चन्दननाथ मन्दिर परिसर, जुम्ला, कालिका मन्दिर परिसर, मुसिकोटमा सरसफाइ कार्यक्रम आयोजना गरेको थियो । साथै, बैंकले सुदूरपश्चिम प्रदेशको शिवपुरीधाम, धनगढी, टिकापुर चोक, उग्रतारा मन्दिर, डढेलधुरामा सरसफाइ कार्यक्रम आयोजना गरेको हो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले वातावरण, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रहरुमा सहभागिता जनाउँदै सकारात्मक परिवर्तनका लागि योगदान पु¥याउँदै आएको छ र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिँदै जाने उद्देश्य बैंकले लिएको छ ।



प्रतिक्रिया दिनुहोस्