Logo

अफगानिस्तानमा महिलालाई लामो तथा मध्यम दूरीको यात्रा गर्न प्रतिबन्ध



एजेन्सी, १२ पुस। अफगानिस्तानमा महिला एक्लैलाई लामो तथा मध्यम दूरीको यात्रा गर्न रोक लगाइएको छ । तालिवानले लामो तथा मध्यम दूरीको यात्रा गर्दा पुरुषको साथ हुनु पर्ने बताएको हो । महिला एक्लैलाई छोटो दूरीको यात्राका लागि अनुमति भए पनि अब लामो तथा मध्यम दूरीमा यात्रा गर्दा आफन्त तथा परिवारका पुरुष सदस्यसँगै हुनुपर्ने तालिबानले बताएको बीबीसीले जनाएको छ ।

लामो यात्रा गर्ने महिलाको साथमा पुरुष नभए यात्राका लागि अनुमति नपाउने तालिबानी अधिकारीलाई उदृत गर्दै खबरमा भनिएको छ । अब ७२ किलोमिटर भन्दा लामो दूरीको यात्राका लागि महिलाले पुरुषलाई अनिवार्य साथाम लैजानु पर्नेछ । यस्तै, तालिवानले बुर्का लगाएका महिलालाई मात्रै यात्राका लागि गाडीमा चढाउन आग्रह गरेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्