काठमाडौँ, १२ पुस। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका धनुषा जिल्लाका नेता कार्यकर्ताहरुले पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएका छन्।
पार्टीका अध्यक्ष महन्थ ठाकुरले एकलौटी ढंगले प्रदेश र जिल्लाहरुमा पदाधिकारी चयन गरेको भन्दै आज (सोमबार) लोसपाको केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ताहरुले शान्तिपूर्ण धर्ना दिएका हुन्। अहिलेको समयमा एकल निर्णय अलोकतान्त्रिक हुने भन्दै धर्नामा बसेकाहरुले पार्टीभित्र लोकतन्त्रको मूल्य मान्यता हुनुपर्नेमा जोड दिएका छन्।