Logo

यथास्थितिमा कुनै हालतमा एमसीसी पारित हुन्न: प्रचण्ड



काठमाडौँ, १२ पुस। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यथास्थितिमा एमसीसी सम्झौता पारित गर्न नहुने स्पष्ट पारेका छन् । आज (सोमबार) ८औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा दाहालले परियोजना परिमार्जन र संशोधनपछि मात्र पारित गर्ने नीति लिइएको उल्लेख गरेका हुन् ।

उनले प्रतिवेदनमार्फत भनेका छन्, ‘एमसीसी परियोजना परिमार्जन र संशोधनपछि मात्र पारित गर्ने नीति लिइएको छ। यथास्थितिमा कुनै हालतमा पारित गरिने छैन । त्यस्तै दाहालले प्रतिवेदनमा नेपाली विशेषताका कारण शान्तिपूर्ण बाटोबाटै समाजवादतर्फको यात्रा सफल हुने बताएका छन् । पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवादमा जाने भएको पनि दाहालले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्