Logo

माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दै



काठमाडौं, पुस १३ । नेकपा माओवादी केन्द्रले जारी आठौं महाधिवेशनबीच आज पार्टी स्थायी समितिको बैठक बोलाइएको छ ।

बैठक अहिले केहिबेरमै महाधिवेशन स्थल प्रज्ञा प्रतिष्ठानकै भवनमा बस्ने तयारी रहेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले बताए।

स्थायी समिति बैठकमा विधानमा व्यवस्था गरिएको पदाधिकारी संख्या, त्यसमा विभिन्न क्लस्टरको सहभागिता, राजनीतिक प्रतिवेदन र संशोधित विधानलगायत बन्दसत्रमा उठेका विषय कसरी प्रभावकारी ढंगले सम्बोधन गर्ने विषयमा छलफल हुने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्