काठमाडौँ, १३ पुस। काठमाडौंसहित ८ जिल्लाका बालबालिकालाई आजदेखि लगाइने भनिएको फाइजर खोप अभियान स्थगित गरिएको छ।
सिरिन्ज अभावका कारण तत्काललाई खोप लगाउने कार्य स्थगित गर्नु परेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। सरकारले १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई फाइजर खोप दिने तयारी गरेको थियो। गत पुस ९ गते अमेरिकाले नेपाललाई थप ६ लाख ६४ हजार फाइजर खोप अनुदानमा दिएको थियो।
मन्त्रालयले पुस १३ देखि पुस २२ गतेसम्म बागमती प्रदेशअन्तर्गत उपत्यकाका तीन जिल्लासहित काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली, सुदूरपश्चिम प्रदेशको डडेल्धुरा र कर्णाली प्रदेशको सुर्खेतमा खोप अभियान सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको थियो। योसँगै फाइजर खोपका लागि चाहिने घोलक पनि आउन बाँकी रहेको छ।-Photo: Agency