Logo

बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीलाई कोरोना संक्रमण



एजेन्सी, १३ पुस।भारतीय क्रिकेट नियन्त्रण बोर्ड-बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीलाई कोरोना संक्रमण भएको छ। आइतबार ज्वरो आएपछि सोमबार गरिएको कोरोना परिक्षणमा रिपोर्ट पोजेटिभ आएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। उनी कोलकातास्थित एक अस्पताल भर्ना भएका छन्।

सोमबार साँझ नै उनी उडल्यान्ड्स अस्पताल भर्ना भएका हुन्। ४९ वर्षीय गांगुलीको स्वास्थ्य अवस्था स्थिर रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ । बीसीसीआईका स्रोतको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले लेखेको छ,‘सौरभ गांगुलीलाई हिजो राती उडल्यान्ड्स नर्सिङ होम लगिएको हो । उनलाई मेडिसिन दिइएको छ । उनको अवस्था तत्काल स्थिर छ ।’-Photo: Agency



प्रतिक्रिया दिनुहोस्