Logo

कमल थापाद्वारा २७ पौषमा सार्वजनिक बिदा दिन आग्रह



काठमाडौं, १३ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले २७ पौषमा सार्वजनिक बिदा दिन आग्रह गरेका छन् । उनले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मान गर्दै उक्त दिनलाई राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्ने समेत बताएका छन् ।

थापाले पृथ्वीनारायणको योगदान कुनै संस्था वा प्रणाली सम्बन्धी नभएको समेत बताएका छन् ।

आज ट्वीट गर्दै थापाले भनेका छन्ः ”राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहले नेपाली नाम र पहिचान दिनुभयो।उहाँको योगदान कुनै संस्था/प्रणालीसँग सम्बन्धित छैन।राष्ट्रनिर्माताको सम्मान गर्नु राज्यको कर्तव्य हो।राष्ट्रनिर्माताको सम्मानमा पौष २७गते राष्ट्रिय पर्वको रुपमा मनाउन,सार्वजनिक बिदा दिन आग्रह गर्दछु ।”



प्रतिक्रिया दिनुहोस्