Logo

रोल्पामा काँग्रेस नेताहरुलाई लक्षित गरी आक्रमण, मोटरसाइकल जलाइयो



काठमाडौं, १३ पौष । रोल्पामा अज्ञात समूहले घर र मोटरसाइकलमा आगजनी गरेको छ । नेपाली काँग्रेस रोल्पाका नेताहरुलाई लक्षित गरी आगजनी भएको हो ।

काँग्रेस रोल्पाका उपसभापति हरि पुन, सचिव शेरबहादुर थापा र सहसचिव सुनिलकुमार वलीलाई लक्षित गरी आक्रमण भएको हो । आक्रमणबाट मोटरसाइकल नष्ट भएको छ । घरमा समेत क्षति पुगेको छ ।

काँग्रेस नेता मनोजमणि आचार्यले घटनाको निन्दा गर्दै अपराधीलाई तत्काल पत्ता लगाई कडा कारबाही गर्न माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्