Logo

माओवादी केन्द्र रुपान्तरण सहितको पुनर्उदय हुन जरुरी छः रञ्जित तामाङ (भिडियोसहित)



काठमाडौं, १३ पुस । नेकपा (माओवादी केन्द्र)का नेता रञ्जित तामाङले माओवादी केन्द्रमा नेतृत्वको भन्दा मुल कुरा माओवादी केन्द्र रुपान्तरण सहितको पुनर्उदय हुन जरुरी रहेको धारणा राखेका छन् ।

हिजो राति प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो बताएका हुन् ।

साथै, उनले माओवादी केन्द्रमा नेतृत्वदेखि कार्यकर्तासम्म सबै रुपान्तरण हुन तयार रहेको स्पष्टपारे ।

यस्तै, उनले अहिलेको अवस्थामा पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकल्प नरहेको समेत बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्