Logo

सिराहामा निषेधाज्ञा भोलि विहान खुल्ने



काठमाडौं, १३ पौष । सिराहामा जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा बिहिबार विहान ५ बजेबाट खुल्ने भएको छ । सीके राउत समूहका कार्यकर्ताबाट जिल्लामा तोडफोडका क्रममा हिंसाको खतरा बढेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसपछि उक्त पार्टीले प्रहरी प्रमुखलाई समेत धम्की दिएको थियो ।

सिराहामा आज पक्राउ परेका सीके राउत समूहका कार्यकर्ता साँझ रिहा गरिएका छन् । पछिल्लो समय सीके राउत समूहले कर्मचारीलाई तारो बनाइरहेको छ । यस क्रममा तोडफोडका घटना समेत भएका छन् ।

यसैगरी, सर्लाहीको ईश्वरपुर नगरपालिकामा आज साँझ देखि बिहिबार विहान ७ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । ११ पौषमा भएको सवारी दुर्घटनाको विषयलाई लिएर सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीका गतिविधि भएको भन्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले निषेधाज्ञा जारी गरेको जनाएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्