Logo

रुपान्तरण हुनसक्ने ल्याकत नेपालमा प्रचण्डसँग मात्र छः हेमराज भण्डारी (भिडियोसहित)



काठमाडौं, १४ पुस । नेकपा (माओवादी केन्द्र)का नेता हेमराज भण्डारीले आत्मसमिक्षा र आफ्ना गल्तीलाई स्वईकार गरेर रुपान्तरण हुनसक्ने नेता अहिलेको अवस्थामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ मात्र रहेको दाबी गरेका छन् ।

हिजो राति प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले आफ्ना कमजोरीलाई स्वईकार गरेर आफुलाई सच्याएर अगाडी बढ्नसक्ने ल्याकत प्रचण्डसँग मात्र रहेको बताएका हुन् ।

साथै, उनले एमसीसीको विषयमा कुनै दुविधा नराखेर सुरु देखिनै बोल्ने पार्टी माओवादी केन्द्र भएको भन्दै यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा माओवादी केन्द्र नरहेको स्पष्ट पारे ।

यस्तै, आठौं राष्ट्रिय महाधिवेशनबाट माओवादी केन्द्र पूर्णरुपमा रुपान्तरण हुने समेत उनले दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्