Logo

दिलनिशानी मगरको टिप्पणी– प्रचण्डका हरेक दस्ताबेज राष्ट्रका दस्ताबेज हुन् (भिडियोसहित)



काठमाडौं, १४ पुस । स्तम्भकार दिलनिशानी मगरले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ल्याएका हरेका दस्ताबेज पार्टीको मात्र नभए देश र जनताको दस्ताबेज भएको बताएका छन् ।

हिजो राति प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले जनयुद्धको घोषणा, शान्ति सम्झौता देखि लिएर संघिय लोकतान्त्रीक गणतन्त्रसम्म प्रचण्डको दस्ताबेज रहेको दाबी गर्दै उनले अघि सारेका दस्ताबेज राष्ट्रकै दस्ताबेजका रुपमा रहेको इतिहासले पुष्टी गरेको बताएका हुन् ।

उनले विपि कोइरालाले देखेको समाजवादको सपनाको दस्ताबेज पनि प्रचण्डले नितिगत, सैद्धान्तीक र वैचारिक रुपमा बाहिर ल्याउन लागेको बताए ।

उनले केपी शर्मा ओली वैचारीक नेता नभएको भन्दै कागतालिले प्रधानमन्त्री भएको आरोप लगाए । साथै, उनले प्रचण्डको सद्भावले गर्दा दुईपटक प्रधानमन्त्री भएको समेत बताए ।

जनताको बहुदलिय जनबाद भन्ने कुरामा केपी ओली अनविज्ञ रहेको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्