Logo

राति ट्याक्सी प्रयोग गरेर चोरी गर्ने ६ जना पक्राउ



काठमाडौं, १४ पुस । राति ट्याक्सी प्रयोग गरेर चोरी गर्ने ६ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ। थानकोट कारखानाबाट पाइप बनाउन प्रयोग हुने तामा र पित्तलबाट बनेको कल साइजर चोरी गर्ने ६ जना पक्राउ परेका हुन् ।

६ जनाको समुहले चन्द्रागिरी नगरपालिका–३ थानकोटस्थित विशाल प्लाष्टोक्याब प्रालिको कारखानाबाट ६ थान साइजर र तामाको पावर केबल गरी १८ लाख ७६ हजार ४ सय रुपैयाँ बराबरको सामान गर्ने ६ जनालाई महानगरिय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३१ वर्षीय रोशन उप्रेती, सर्लाहीका ३३ वर्षीय राम पुनित महतो, नुवाकाटेका ३६ वर्षीय राम बाघदास, सर्लाहीका ३२ वर्षीय राजु गुप्ता भनिने रामविश्व महतो, सर्लाहीकै २६ वर्षीय अशोककुमार महतो र भारतको मोतिहारी घर भइ टेकू बस्ने ५३ वर्षीय सत्रुधन प्रसाद जैसवाल रहेका छन् । जैसवालले चोरीको सामान किनेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्