Logo

वरिष्ठ ईन्जिनियर भगवान झालाई ललितनारायण मिश्र स्मृति सम्मान (फोटोफिचर)



काठमाडौं, १४ पुष । वरिष्ठ ईन्जिनियर भगवान झा अन्तर्राष्ट्रिय मिथिला महोत्सव २०२१ बाट सम्मान्ति भएका छन् । भारतको विहारस्थित् जोगबनीमा आयोजित महोत्सवमा नेपालका झालाई सम्मान गरिएको हो ।

झालाई समाजिक क्षेत्रमा महत्वपुर्ण योगदान पुरयाएवापत सो सम्मान प्रदान गरिएको हो । महोत्सवमा नेपालको तर्फबाट प्रमुख अतिथि देशका प्रथम उपराष्ट्रपति परमानन्द झा र भारतका तर्फबाट प्रमुख अतिथि विहार सरकारका कला, संस्कृती तथा खेलमन्त्री आलोक रञ्जन थिए । उनीहरुले मिथिला क्षेत्र र मैथिली भाषा, कला संस्कृतिको विकासका लागि दुवै देशका मिथिलावासी एक हुनुपर्ने धारणा राखेका थिए।

सिडिई झाले शुभकामना मन्तब्य राख्दै मिथिलाको विकासका लागि धेरै प्रत्यत्नहरु भएपनि दुवै देशको तर्फबाट हुनुपर्ने संस्थागत विकास र योजना ठोस रुपमा ल्याउनुपर्ने बताए । कार्यक्रममा बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष धर्मेन्द्र झासहित साहित्यकार र विद्वानहरुको बाक्लो उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्