Logo

हिमालयन बैंकको सामुदायिक विद्यार्थीलाई सहयोग



काठमाडौं, १५ पुस । हिमालयन बैंकले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वीटर र टोपी वितरण गरेको छ । बैंकको धरान शाखाले चौबिसे गाउँपालिकाको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई करिब १ लाख ५० हजार रुपैयाँ बराबरको ३ सय थान स्वीटर र टोपी वितरण गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको बैंकको कार्यक्रममा बैंकका प्रदेश १ प्रमुख अमृत मल्ललगायत अन्य कर्मचारीहरुको उपस्थिति थियो । त्यसैगरी बैंकले शनिबार भानु मावि, साघुँरीगढी गाउँपालिका धनकुटामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा पालिकाका १ सयभन्दा बढी स्थानीयको सहभागिता थियो । बैंकको प्रदेश १ प्रमुख मल्लको सभापतित्वमा सम्पन्न कार्यक्रममा पालिका अध्यक्ष कुमारजंग याखा, वडाध्यक्ष पलकबहादुर बस्नेत, विद्यालय व्यवस्थापन समिति अध्यक्ष पूर्ण खजुम, भानु माविका प्रधानाध्यापक यज्ञबहादुर लिम्बूलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो।

 



प्रतिक्रिया दिनुहोस्