काठमाडौ., १५ पुस । बझाङमा दुई जनाको शव फेला परेको छ । छुट्टाछुट्टै स्थानमा छबिसपाथिभेरा गाउँपालिका–७ का ४३ वर्षीय जंग धामी र सुर्मा गाउँपालिका–१ का ४४ वर्षीय किट्टु बोहराको शव फेला परेको प्रहरीले जनाएको छ ।
किट्टु मंगलबारदेखि हराएका थिए । उनको शव पदाली भन्ने स्थानमा फेला परेको हो । दुवैजनाको मृत्यु चिसोले कंठग्रीएर भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । दुवैजनाको थप अनुसन्धान गर्न र पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउन तयारी गरेको प्रहरीले जनाएको छ ।