Logo

राजा वीरेन्द्रसँग सुमधुर सम्बन्ध रहेका लोहनीसँग ऋषि धमलाको बहस, वीरेन्द्र राजा कस्तो स्वभावका थिए ? (भिडिओसहित)



काठमाडौं, १५ पुष । राप्रपाका पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले स्वर्गीय राजा वीरेन्द्र शाहसँग आफ्नो राम्रो सम्बन्ध रहेको स्मरण गराएका छन् । उनले नेपालको विकासको लागि वीरेन्द्र राजा गम्भीर रहेको स्मरण गराए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले वीरेन्द्र देशलाई असाध्यै माया गर्ने राजा भएको पनि चित्रण गरे ।

उनले राजा वीरेन्द्रले देश कानूनअनुसार चल्नुपर्ने दृष्टिकोण राखेको पनि बताए । उनले वीरेन्द्र सरल र असल मानव रहेको पनि चित्रण गरे । उनले वीरेन्द्रले नेपाल र नेपालीको लागि सधैं हित हुने काम गरेको बताए ।



प्रतिक्रिया दिनुहोस्