Logo

निस्सासिएर गम्भीर भएका आमा, छोराको होस खुल्यो, एक जनाको अवस्था सुधारोन्मुख



बाँके, पुस १५ । भेरी अस्पताल परिसर भित्र रहेको कर्णाली प्रदेशको क्षेत्रीय मेडिकल स्टोरको एकै कोठामा एकै परिवारका निस्सासिएर गम्भीर घाइते भएका ३ जनाको अवस्था सुधारोन्मुख रहेको छ । उक्त घटनामा चार जनाको मृत्यु भएको थियो ।

अस्पतालको स्टोर शाखामा कार्यरत धनप्रसाद भट्टराईसहित उनकी बहिनी, तीन महिनाका छोरा र सासुको रहस्यमय मृत्यु भएको हो। मृतक भट्टराईकी श्रीमती, अर्काे छोरा र अर्की बहिनी अचेत अवस्थामा भेटिएका थिए ।

मृतककी श्रीमती र ३ वर्षका छोराको उपचारपछि होस खुलेर बोल्न थालेको भेरी अस्पतालले जनाएको छ । अर्का एक जनाको पनि स्वास्थ्य सुधारोन्मुख रहेको छ ।

आगो बालेर एउटै कोठामा सुतेका सात जना मध्ये विहान चार जना मृत भेटिएका हुन् । उनीहरुको निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्