Logo

साउदी अरबमा पनि कोरोना संक्रमितको संख्यामा वृद्धि



एजेन्सी, १५ पुस। साउदी अरबमा कोरोना संक्रमित बढ्न थालेका छन् । संक्रमित बढिरहेका बेला साउदी अधिकारीले आज (बिहीबार)देखि सार्वजनिक स्थलमा अनिवार्य मास्क लगाउनुपर्ने नियम पुन: लागू गरेका छन् । हिजो (बुधबार) साउदी अरबमा ७४४ जना नयाँ संक्रमित थपिएको जनाइएको छ । उक्त संख्या अहिले सम्म कै धेरै रहेको जनाइएको छ।

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कुल ५ लाख ५४ हजार ६६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हाल गम्भीर संक्रमितको संख्या ४३ रहेको मन्त्रालयको भनाइ छ ।केही समयअघि साउदी अरबको स्वास्थ्य मन्त्रालयले कोभिड खोपको दोस्रो डोज लगाएको ३ महिनापछि मानिसहरूले बुस्टर डोज लगाउन सक्ने बताएको थियो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले डेल्टा र ओमिक्रोन भेरिअन्टको मिश्रणले कोभिड घटनाहरूको एउटा डरलाग्दो सुनामी ल्याउन लागिरहेको बताएका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्