Logo

रेडपाण्डाको सिंगो शरीर समेतको छालासहित ४ जना पक्राउ



काठमाडौं, १५ पुस । दुर्लभ वन्यजन्तु रेडपान्डाको छालासहित ४ जना पक्राउ परेका छन् । दुर्लभ वन्यजन्तु रेडपान्डाको छालासहित धादिङका निरबहादुर घले, सिन्धुपाल्चोकका सुरेश गिरी, नुवाकोटका कृष्ण बहादुर तामाङ र ओखलढुंगाका मोहन कर्ण कार्की लाई काठमाण्डौको बसुन्धरा स्थित द मयुर क्याफेबाट बुधबार प्रहरीले पक्राउ गरेको हो ।

बसुन्धारा एरियामा केहि व्यक्तिहरुले अवैध रुपमा अति दूर्लभ बन्यजन्तु रेडपाण्डाको छालाको कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलीले ४ जनालाई अति दूर्लभ रेडपाण्डाको सिंगो शरीर समेतको चार थान छाला ३० लाखमा मोलमोलाई गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

महाशाखाले आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाएको जानकारी दिएको छ ।
उनीहरुको साथबाट प्रहरीले रेडपान्डाको छाला चार थान र उनीहरुले प्रयोग गरेको मोबाइल चार थान बरामद गरेको छ ।



प्रतिक्रिया दिनुहोस्