Logo

शिक्षकका ती दिन र यी दिन



आशिष खनालः जमाना यस्तो पनि थियो जतिबेला आफूले गरेको गल्तिका कारण विद्यालयमा शिक्षकद्वारा पाएको सजायको जानकारी आफ्ना अभिभावलाई दिन आट आउदैन थियो। दिउ पनि कसरी ? कुच्चाका डाक्ला, दाउरा, पानीको पाइपको टुक्रा जे ले भेट्यो त्यसैले खाइन्थ्यो फेरि। तिघ्रामा बसेको छाप बा-आमाले देख्नु होला कि भनेर ठुटे कट्टु लगाएर बस्न सकिँदैन थियो जति सुकै गर्मी किन नहोस्।

कारणबस् शिक्षक घरमा आउनु भएको सुइको मात्र पाउँदा पनि शिक्षक नफर्कीए सम्म सास थामेर कोठाम मै बसिन्थ्यो। बाटोमा कुनै शिक्षकलाई भेटे आँखामा हेरेर बोल्न सकिएन कहिले। स्कुलको कुरा घरमा पुग्ला,घरको कुरा शिक्षक शिक्षिकाले थाहा पाउलान कि भन्ने डर सधै भइ रहन्थ्यो। त्यसैले होला सायद कहिलै गलत काम गर्न सकिएन, गरिएन। सबै भन्दा धेरै डर र सम्मान आफुलाई पढाउने गुरु गुरुआमा प्रती नै थियो सधै बा आमा पछि। गल्ती गर्दा सजाय पाइन्थ्यो र पो फेरि त्यहि गल्ती दोहोर्‍याइएन। कान समातेर उठ बस गर्नु, कक्षामा कुखुरा बन्नु,तोरिको फुल देखिने गरी कन्सिरी उखेलेनु जस्ता अति सामन्य सजाय सङ्ग पनि कति धेरै डराइन्थ्यो। ‘केही फटाइ गरेछ भने , राम्रो पढेन छ भने , नराम्रो शब्द बोलेछ भने छाला उक्किने गरि भाटा हाने हुन्छ है सर ?’ छोरा छोरिकै अगाडी सल्लाह दिनु हुन्थ्यो बा आमा। घरमा अभिभावकको डर स्कुलमा गुरु गुरुआमाको। यति भएपछी गलत बाटोमा लाग्ने कुरा त परै जावस सोच्न पनि सकिएन। तर बा आमाको कुरा मानेर गुरु गुरुआमाले पनि कहिल्यै निर्मम सजाय दिनु भएन।दिनु होस पनि कसरि ? सबै केटाकेटी आफ्नै छोराछोरी जस्तै लाग्दो रहेछ। बा-आमाले पनि आफ्ना मुटुका टुक्राको माया नभएर त्यसो भन्नु भाको होइन रहेछ । त्यो पछि मात्र रियलाइज भयो।

तर अब जमाना परिवर्तन भएको छ। घर घरमा बिजुली बत्ती ,टिभी , कम्प्युटर , इन्टर्नेट , मोबाइल सबैको शुबिधा जन्मने बित्तिकै प्राप्त गर्छन केटाकेटी आजकल। हेर्न हुने नहुने, सुन्न हुने नहुने सबै कुरा हेर्न र सुन्न पाएका छन्। ‘केटाकेटीलाई टाइम दिनै सक्दैनौ,काममा जानै पर्यो।ू भनेर जिम्मा लगाउनु हुन्छ शिक्षकलाई अभिभावकहरु आफ्ना केटाकेटी। अनि पर्यटक झै त्रैमाशिक रूपमा भेट्नु हुन्छ शिक्षकलाई। बिचरा ती शिक्षक। स्कुलको मात्र जिम्मा लिन्छन, घरमा हुदाको जिम्मा कस्ले लिने ? घरमा कस्ता साथिको सङ्गत गर्दै छन कसरी थाहा हुन्छ ?

कुनै विद्यार्थीलाई गाली मात्र गर्यो भने पनि भोलि पल्ट अभिभावक आइहाल्नु हुन्छ । अनि त्यो बिध्यार्थी कै अगाडि यस्तो गाली गर्नु हुन्छ कि शिक्षकलाई,भोलि पल्ट देखि त्यो बिध्यार्थीको आखामा हेर्न पनि सक्दैन शिक्षकले हिनताबोधका कारण। हिजो सम्म समाज सुधार्ने जिम्मा , देश बनाउने कुशल कर्णधार उत्पादन गर्ने ठेक्का मैले लिएको छु भन्दै ठूलो कुरा गर्ने शिक्षक भिजेको कुकुर झै पुछर टाङ्ग मुनि हालेर मौन हुन्छ।

कोहि पनि शिक्षक त्यस्तो क्रुर हुनै सक्दैन। जस्ले ती कलिला केटाकेटीलाई निर्मम सजाय दिन सकोस। ऊ पनि मान्छे नै हो। उस्को पनि परिवार हुन्छ,आफ्ना छोराछोरी हुन्छन। बेला बेला सन्चार माध्यममा समाचार आउँछ बिध्यार्थीले निर्मम सजाय पाएको। तर जसले त्यस्तो सजाय दिन्छ ,न त त्यो मान्छे हो न त शिक्षक नै। त्यो त पशु हो जस्ले कलिला केटाकेटीको भावना बुझ्दैन। उनीहरु प्रति एक रति माया देखाउन सक्दैन।

जब सम्म कान उखेलेको, उठ्बस गराएको, घुडा टेकाएको आदि जस्ता अति सामान्य सजायलाई अतिरन्जित गरि शिक्षकलाई हिनताबोध गराइन्छ, आफ्ना छोरा छोरीलाई त्यो शिक्षकसँग नडराउने बनाइन्छ तब सम्म कुनै पनि विद्यार्थीको शैक्षिक र चारित्रिक विकास हुनै सक्दैन।



प्रतिक्रिया दिनुहोस्