Logo

लेखनाथ न्यौपानेद्वारा महाधिवेशनमा प्रचण्डको तस्बिर राखिएकोमा प्रश्न



काठमाडौं, १५ पौष । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले महाधिवेशनस्थलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्बिर राखिएको प्रश्न उठाएका छन् । प्रचण्ड आफै उपस्थित कार्यक्रममा उनको ठूलो तस्बिर राखेको भन्दै न्यौपानेले प्रश्न उठाएका हुन् ।

प्रचण्डको राजनीतिक प्रस्तावमा फरक मत राख्दै नेकपा एमालेको महाधिवेशनमा केपी शर्मा ओलीको तस्बिर राखेको प्रसंग औल्याउँदै न्यौपानेले भने,‘हामीभित्र पनि बा प्रवृत्ति देखिएको छ ।’ एमालेभित्र ओलीलाई बा भनी पछिल्लो पुस्ताका नेताहरुले सम्बोधन गर्दै तस्बिर राख्न थालेको भन्दै माओवादीमा पनि अर्को रुपमा यस्तो प्रवृत्ति देखिएको उनको भनाई थियो ।

प्रचण्डको साटो सहिदहरुको तस्बिर राख्नुपर्दथ्यो भन्दै न्यौपानेले पार्टीभित्र गलत संस्कार विकास भइरहेको बताए । उनले १० बुँदे फरक मत राख्ने क्रममा पार्टीमा व्यक्तिवादी प्रवृत्ति हावी भएको औल्याए ।

प्रचण्डको आलोचना गर्दै शर्माले म प्रवृत्ति हावी भएको आरोप लगाएका छन् । उनले प्रचण्डबारे भनेका छन्,‘तपाईंका प्रायः सबै सार्वजनिक अभिव्यक्तिमा हाम्रो वर्ग, हाम्रो पार्टी, हाम्रो आन्दोलन र हाम्रो केन्द्रीय समितिको निर्णय भन्ने कतै सुनिदैन । सुनिन्छ त म, मेरो, मैंले, प्रचण्डले मात्र ।’



प्रतिक्रिया दिनुहोस्