Logo

चुनाव हारेका कमल थापाले टेनिस जिते



काठमाडौं, १५ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापा रिफ्रेस हुने प्रयासमा छन् । उनी नियमित जस्तै खेलकुदमा सक्रिय भएका छन् ।

यसपटक टेनिस प्रतिष्पर्धामा भाग लिन थापा पोखरा पुगे । १८औं माछापुच्छ«े बैंक ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा सहभागिता जनाए । सिंगल्सतर्फ पराजित भएपनि उनी डबल्सतर्फ जित्न सफल भए ।

कमल थापा र झाम्पा ढुन्डुपको जोडीले कृष्ण घले र राजकुमार श्रेष्ठको जोडीलाई २-६, ६-२ र ११-९ को रोचक प्रतिष्पर्धामा पराजित गरेको छ । उपाधि कमल थापा र ढुन्डुपको जोडीले जितेको छ ।



प्रतिक्रिया दिनुहोस्