Logo

‘प्रधानन्यायाधीशको परिवारप्रति पूर्वाग्रह राखेर अनुशन्धान भएको भन्दै खेद व्यक्त’



काठमाडौं, १५ पुष । युवा अधिवक्ता सुलभ खरेलले प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरामाथि भैरहेका आक्रमण न्यायिक आचरण तथा पद्धतीविरुद्ध रहेको बताएका छन् । प्लेटो एकेडेमी अफ ल का निर्देशकसमेत रहेको अधिवक्ता खरेलले सामाजिक सञ्जालमार्फत यो विषय उठाएका हुन् ।

उनले प्रधानन्यायाधीश पदमा रहँदै प्रधानमन्त्री मातहत रहने सम्पत्ति शुद्धिकरण विभागले न्याय परिषद्को स्विकृती नै नलिई निज वा निजका परिवारप्रति पूर्वाग्रह राखी गरिने अनुशन्धान खेदजनक र कानूनको उचित प्रक्रियाको बर्खिलाफ रहेको उल्लेख गरेका छन् । उनले प्रधानमन्त्री मातहतका कार्यालयले यसो गर्न थालेपछि न्यायाधीशको स्वतन्त्रता र स्वतन्त्र न्यायापालिकाको के हुन्छ ? भनेर पनि प्रश्न उठाएका छन् ।

उनले लेखेका छन्-

“पछिल्ला दिनहरुमा प्रधानन्यायाधीश उपर भएका आक्रमणहरु न्यायीक आचरण तथा पद्धतिका विरुद्ध छ्न ! प्रधानन्यायाधीश पदमा रहदै प्रधानमन्त्री मातहत रहने सम्पत्ति शुद्धिकरण विभागले न्याय परिषदको स्वकृती नलिई निज वा निजका परिवार प्रती पुर्वाग्रह राखी गरिने अनुसन्धान खेदजनक र कानुनको उचित प्रक्रियाको वर्खिलाफ रहेको छ ! प्रधानमन्त्री मातहतका कार्यालयले यसो गर्न थाले पछि न्यायाधीशको स्वतन्त्रता र स्वतन्त्र न्यायपालिकाको के हुन्छ ! महाअभियोग दर्ता पनि नगर्ने, न्याय परिषदको स्वकृती वेगर सम्पत्ति अनुसन्धान गर्ने कार्य निन्दनीय कार्य हुन! स्वतन्त्र न्यायपालिकाको गरिमा प्रधानन्यायाधीश चोलेन्द्र ज.व.रा लाई वेइज्ज्त (humiliate) गरेर मात्रै प्राप्त हुँदैन !”

 



प्रतिक्रिया दिनुहोस्