Logo

आम नेपाली नागरिकहरुका बीचमा एकता



डा. सशांक कोइराला: नेपालको प्रजातान्त्रिक आन्दोलनका मुर्धन्य ब्यक्तित्व महामानव विपि कोइरालाले आफुलाई राजद्रोहका दर्जनौ मुद्दा र फाँसीको सजाय पनि हुन सक्ने अवस्था हुँदाहुदै, प्रवासको लामो बसाई पछि २०३३ सालमा राष्ट्र संकटमा परेको महशुस गर्दै मेलमिलापको निति लिएर भारतबाट पौष १६ गते नेपाल फर्कनु भएको थियो। मुलुक संकटमा पर्दा सम्पुर्ण नेपालीहरुमा एकता हुनुपर्छ भनेर विपि कोइरालाले मेलमिलापको निति लिएर फर्केको दिनको सम्झना स्वरुप हरेक बर्ष पौष १६ गतेका दिन नेपाली कांग्रेसले “राष्ट्रिय एकता तथा मेलमिलाप दिवस” मनाउदै आइरहेको छ।
झण्डै ४६ बर्ष अघि विपि कोइरालाले आवहान गर्नु भएको मेलमिलाप नितिको वर्तमानमा पनि नेपाली कांग्रेस पार्टी भित्र र बाहिर उत्तिकै सान्दर्भिकता महशुस हामीहरूले गरिरहेका छौ। नेपाली कांग्रेसलाई सशक्त बनाउन पार्टीका साथीहरू बिचमा एकता र मेलमिलापको आवस्यकता छ भने मुलुकको समृद्धिको लागि सम्पुर्ण पार्टीहरु तथा आम नेपाली नागरिकहरुका बीचमा एकता आवस्यक छ ।
अन्तमा ४६ औ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दै एकता, सदभावका साथ अघि बढ्न सबैलाई प्रेरणा मिलोस् ।
जय नेपाल !
(डा. सशांक कोइरालाको सामाजिक सञ्जालबाट )


प्रतिक्रिया दिनुहोस्