Logo

छोराको कुटपिटबाट बुबाको मृत्यु



मोरङ, १६ पुस। रतुवामाई नगरपालिका-९ डिपो बस्ने ५७ वर्षीय दिपनारायण धामीको उनकै छोराको कुटपिटबाट मृत्यु भएको छ ।मादक पदार्थ सेवन गरी हो-हल्ला गरेको बिषयलाई लिएर उनकै छोरा ३६ वर्षीय अर्जुन धामीले मंगलबार कुटपिट गर्दा दिपनारायण गम्भीर घाइते भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले अर्जुनलाई पक्राउ गरेको हो ।

घाइतेको अरनिको अस्पताल उर्लाबारी हुँदै नोबेल अस्पताल बिराटनगरमा थप उपचारपछि घरतर्फ लैजाने क्रममा बिहीबार साँझ बाटोमै मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्