Logo

श्रीमतीको पर्खाइ अधुरोः ३ वर्षपछि साउदीबाट फर्किँदै थिए श्रीमान, आयो आत्महत्याको खबर



एजेन्सी, १६ पुस । मानिसको जन्म र मृत्यु कति बेला कहाँ हुन्छ त्यो कसैलाई थाहा हुँदैन् । हासी खुशी भएको परिवारलाई कति बेला आशुँमा डुबाइदिन्छ पत्तै हुँदैन् ।

त्यस्तै भएको छ भारतका एक परिवारलाई । १० दिनपछि साउदीबाट छोरा आउने बाटो हेर्दै आएकी आमा, श्रीमती र सन्तानको खुशी केही क्षणमै दुःखमा परिणत भएको छ ।

सहारा क्षेत्रको पोतलान गाउँका नारायणलाल रेगर तीन वर्षअघि पैसा कमाउन साउदी अरब गएका थिए । अब उनी बिदा मनाएर घर फर्कने तयारीमा थिए । उनको आगमनको खबर आउनुभन्दा १० दिनअघिसम्म सम्पूर्ण परिवारले उत्सव मनाइरहेको थियो । तर डिसेम्बर २५ मा उनको आत्महत्याको खबरले परिवारको खुशीलाई दुःखमा परिणत ग¥यो।

घरधनीले फोन गरेर आत्महत्याको जानकारी दिए

जसको घरमा नारायण साउदी अरबमा काम गर्थे । उनको नारायणले कोठामा झुण्डिएर आत्महत्या गरेको फोन आयो । यो खबरपछि नारायणको सम्पूर्ण परिवार शोकमा डुबेको छ । तर उनीहरु नारायणको शव देख्न पाएका छैनन् । अहिले यो परिवारले आफ्नो छोरालाई गाउँको माटो पाउन पाँच दिनदेखि अधिकारीसँग गुहार माग्दै आएका छन् ।

नारायण ठेकेदारमार्फत साउदी अरब गएका थिए

नारायणलाल रेगर तीन वर्षअघि ठेकेदारमार्फत रोजगारीका लागि साउदी अरब गएका थिए । मृतकको परिवारको आर्थिक अवस्था निकै नाजुक छ । नारायण साउदीको एउटा फार्म हाउसमा खजूरको रुख र बिरुवाको हेरचाह गर्ने काम गर्थे। उनी तीन वर्ष पूरा गरेर स्वदेश फर्किने तयारीमा थिए । नारायणले केही दिनअघि आफ्नो बुबा नाथुलाललाई पनि आफू गाउँ फर्किने कुरा बताएका थिए । तर, डिसेम्बर २५ मा उनको फार्म हाउस मालिकको फोन आयो ।

र, नारायणले आफ्नो क्वार्टरमा झुण्डिएर आत्महत्या गरेको उनले बताए । नारायणले किन आत्महत्या गरे भन्ने परिवारलाई पनि थाहा छैन । त्यसयता नारायणको परिवारले उनको शव गाउँमा ल्याउन प्रशासनसँग गुहार लगाइरहेको छ । नारायणका १० र ७ वर्षका दुई छोराहरु छन् ।



प्रतिक्रिया दिनुहोस्