Logo

म काम गरेपछि मात्रै बोल्छु : मन्त्री झाक्री



काठमाडौँ, १७ पुस। शहरी विकास मन्त्री रामकुमारी झाक्रीले आफूले काम गरेपछि मात्र बोल्ने बताएकी छिन् । गुल्मीको धुर्कोटस्थित धुर माध्यमिक विद्यालयको वार्षिकोत्सव समारोह कार्यक्रममा बोल्दै मन्त्री झाक्रीले यस्तो बताएकी हुन्।

केही नेताहरूले आश्वासन बाँडेर काम नगरेको भन्दै आफूले काम गरेपछि मात्र बोल्ने उनले बताइन् । उनले भनिन्, ‘अहिले म गर्न नसक्ने योजना बाँड्दै हिड्न चाहान्न। हिजो कसैले बोलेर जनताहरूलाई झुक्याएर काम नभएको उदाहरण भएकाले म काम गरेपछि मात्रै बोल्छु ।’शिक्षा नीति परिवर्तनको आवश्यकता औंल्याउँदै उनले विद्यालयको संरचनाभन्दा पनि कक्षाकोठाको सिकाइ, पढनपाठनको विषय महत्त्वपूर्ण रहेको बताईन् ।-File Photo-RN



प्रतिक्रिया दिनुहोस्