Logo

‘नेपाली भाषा, संस्कृति र पोसाकको प्रवर्द्धनमा योगदान पुर्याएकालाई सम्मान’ (फोटोफिचर)



काठमाडौं, १७ पुष । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अब बस्ने क्याबिनेटबाट राष्ट्रिय पोसाकको आधिकारिकता घोषणा गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान, नेपालले राष्ट्रिय पोसाक दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री आलेले अझै पनि राष्ट्रिय पोसाकको आधिकारिकता घोषणा राज्यबाट नभएकोमा खिन्नता लागेको उल्लेख गर्दै अब छिट्टै बस्ने क्याबिनेटबाट निर्णय गराउन आफू लागिपर्ने आश्वासन दिएका हुन् ।

त्यस्तै, कार्यक्रममा बोल्दै शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीले राष्ट्रिय पोसाक नेपालीको राष्ट्रिय गौरव भएको बताए । उनले राष्ट्रिय पोसाकको कुरा गर्दा जातीय पोसाकको महत्त्व कम नहुने पनि स्मरण गराए । कार्यक्रममा नेपाली भाषा, संस्कृति र पोसाकको प्रवर्द्धनमा योगदान पुर्याएकालाई सम्मान पनि गरिएको थियो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्