Logo

मानवीय सहायताअन्तर्गत भारतले अफगानिस्तानलाई दियो ५ लाख मात्रा खोप



एजेन्सी, १८ पुस। भारतले अफगानिस्तानलाई कोरोनाविरुद्धको ५ लाख मात्रा खोप पठाएको छ । मानवीय सहायताअन्तर्गत भारतले शनिबार दोस्रो पटक अफगानिस्तानलाई स्वास्थ्य सामग्री प्रदान गरेको भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको हो ।

भारतीय अधिकारीका अनुसार काबुलस्थित इन्दिरा गान्धी अस्पताललाई उक्त खोप हस्तान्तरण गरिएको छ । भारतीय विदेश मन्त्रालयले थप ५ लाख मात्रा खोप अर्को साता पठाइने जनाएको छ । भारतले गत महिना अफगानिस्तानमा १.६ टन स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।

उक्त सामग्री विश्व स्वास्थ्य संगठनमार्फत त्यहाँ पठाइएको थियो । विदेश मन्त्रालयले अफगान जनतालाई मानवीय सहायता पुर्‍याउन भारत सरकार प्रतिबद्ध रहेको समेत उल्लेख छ । त्यस्तै, भारतले अफगानिस्तानका लागि ५० हजार मेट्रिक टन गहुँ पठाउने पनि जनाएको छ । तर त्यो कहिले र कसरी पठाउने र वितरण गर्ने भन्ने विषयमा टुंगो लागिनसकेको जनाइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्