काठमाडौं, १८ पुस । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले आर्सनलमाथि रोमान्चक जित निकालेको छ ।
शनिबार राति भएको खेलमा सिटीले १० खेलाडीमा सिमित आर्सनललाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
आर्सनलको घरेलु मैदानमा भएको खेलमा एक गोलको अग्रता उल्टाएर सिटीले रोमान्चक जित निकालेको हो ।
खेलको ३१औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, ५७औं मिनेटमा रियाद महरेजले पेनाल्टीमा गोल गर्दै सिटीलाई बराबरीमा ल्याए ।
साथै, खेलको इन्जुरी समयमा रोड्रीले गोल गर्दै सिटीलाई २–१ को जित दिलाए ।
यस जितसँगै सिटीले २१ खेलमा ५३ अंक जोड्दै शीर्ष स्थानमा यथावत रहेको छ ।
यस्तै, ३५ अंक जोडेको आर्सनल चौंथो स्थानमा रहेको छ ।