Logo

राष्ट्रियसभाको निर्वाचनमा भागबण्डाबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै



काठमाडौं, १८ पुस । राष्ट्रियसभाको निर्वाचनको विषयमा छलफल गर्न गठबन्धन दलहरुको बैठक भोलि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान राष्ट्रियसभाको निर्वाचनको भागबण्डा मिलाउन गठबन्धन दलका शिर्ष नेताहरुको बैठक बस्ने लागिएको बुझिएको छ ।

भोलि गठबन्धनको बैठकलृ कुन पार्टीको भागमा कति सदस्य सबै टुंगो लाग्ने नेताहरुले बताएका छन् । माओवादी केन्द्रको महाधिवेशन लम्बिएपछि आज बस्ने भनिएको गठबन्धनको बैठक सोमबारको लागि सारिएको हो ।

आगामी फागुनदेखि ४ वर्षे कार्यकाल पुरा गरेका राष्ट्रिय सभाका २० सांसदको समय सकिने भएको छ । एमाले, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र नेपाली कांग्रेसका सांसदको समय सकिन लागेको हो ।

 

 



प्रतिक्रिया दिनुहोस्