Logo

राजेन्द्र लिङ्देनले भेटे प्रधानमन्त्री देउवालाई, पृथ्वी जयन्तीमा विदा दिन आग्रह



काठमाडौं, १८ पुष । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पुष २७ गते पृथ्वी जयन्तीको दिन बिदा दिन माग गरेका छन् । आज (आइतबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर लिङ्देनले उक्त दिन विदा दिन आग्रह गरेको बुझिएको छ ।

लिङदेनसहित राप्रपाका अन्य नेताहरु पनि बालुवाटार पुगेका थिए । लिङ्देनले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनुपर्ने धारणा राखेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्