Logo

चेल्सी र लिभरपुरबीच बराबरीले सिटिलाई फाइदा



एजेन्सी, १९ पौष । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लिभरपुलबीच बराबरी भएको छ । गएराति भएको प्रतिष्पर्धामा उपाधिको दौडमा रहेका दुवै टोलीले २-२ को बराबरी खेलेका छन् ।

खेलमा मानेले ९ र सालाहले २६ मिनेटमा गोल गरी लिभरपुललाई २-० को अग्रता दिलाएका थिए । तीन अंक जोड्ने लिभरपुलको सम्भावना बढिरहँदा चेल्सीका लागि कोभासिसले ४२ र पुलिसिसले ४६ मिनेटमा गोल गरी बराबरी गरेका थिए ।

दुई टोलीको बराबरीको लाभ लिगमा पहिलो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई पुगेको छ । सिटीको ५३ अंक रहँदा चेल्सीको ४३ र लिभरपुलको ४२ अंक छ । लिगमा सिटीले दोस्रो स्थानमा रहेको चेल्सीभन्दा १-० अंकको अग्रता लिएको छ ।



प्रतिक्रिया दिनुहोस्