काठमाडौं, १९ पुस । ग्लोबल आइएमई बैंकले आफ्नो १५औं वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापी रुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले देशभर आयोजित कार्यक्रममा ४१६ रक्तदाताबाट १८७ लिटर रगत दान गरेको जनाएको छ ।
बैंकले प्रदेश १ को तिनपैनी शाखा, विराटनगर, मोरङ, प्रदेश २ को लाहान शाखा, सिराहा, बागमती प्रदेशको कान्तिपथ शाखा, काठमाडौं, गण्डकी प्रदेशको न्युरोड शाखा, पोखरा, कास्की, लुम्बिनी प्रदेशको मिलनचोक शाखा, बुटवल, रुपन्देही, कर्णाली प्रदेशको विरेन्द्रचोक शाखा, सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश कार्यालय, चटकपुर, धनगढीमा पुस १६ गते रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
यसअघि बैंकले महिलालाई आर्थिकरूपमा सशक्त बनाउने उद्देश्यका साथ देशव्यापी मेरी उनीलाई स्वस्थ नारी पहल निःशुल्क महिला स्वास्थ्य शिविर पनि सञ्चालन गरेको थियो ।
बैंकको १५औं वार्षिकोत्सवको अवसरमा बैंकले डिजिटल बैंकिङसम्बन्धी साक्षरता कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, खेलकुद तथा अन्य सामाजिक कार्यक्रमहरुको आयोजना गरिरहेको छ । ग्लोबल आइएमई बैंक आइतबारदेखि स्थापनाको १५ वर्ष पूरा गरी १६औं वर्षमा प्रवेश गर्दैछ ।