Logo

प्रचण्ड प्रति लक्षीत गर्दै ओलीले भने- ‘अरूले तालिम र हतियार दिए त जनयुद्ध सनयुद्ध पनि हुने रैछ’



काठमाडौँ, १९ पुस। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी जनयुद्धमाथि गम्भीर प्रश्न उठाएका छन् । नेपाल जनसांस्कृतिक महासंघको ३५औँ स्थापना दिवसको कार्यक्रममा ओलीले जनयुद्धका विषयमा गम्भीर प्रश्न उठाएका हुन् । प्रचण्ड र आफ्ना आलोचक कम्युनिस्ट नेताहरूमाथि खनिएका ओलीले जनयुद्धमाथि प्रश्न उठाएका हुन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति लक्षीत गर्दै ओलीले अरूले तालिम र हतियार पनि दियो भने त जनयुद्ध सनयुद्ध पनि हुने भन्दै व्यंग्य गरे । ओलीले माक्सवादले ऐतिहासिक भौतिकवाद सिकाउने भन्दै अहिले कम्युनिस्ट भनिएकाहरू इतिहासको चेत नभएको दाबी गरेका थिए ।

प्रचण्डले ओलीलाई वामपन्थी नभएर रामपन्थी भनी गरेको टिप्पणीप्रति आक्रोशित देखिएका उनले आलोचना त्यही विन्दुबाट सुरु गरेका थिए । ओलीले त्यस्तो टिप्पणी माक्सवाद नबुझेकाहरूले टिप्पणी गरेको बताए । उनले भगवान छन् छैनन् भन्ने कुरा भगवान मान्नेले बताउने भन्दै आफूले ऐतिहासिक तथ्यबारे मात्र विषय उठान गरिदिएको बताए ।



प्रतिक्रिया दिनुहोस्