काठमाडौं, १९ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नहुँदैमा पार्टी नसिद्धिने बताएका छन् । उनले माओवादी ठूलो संघर्षबाट स्थापित पार्टी भएकाले सिद्धिने हुन नसक्ने बताए ।
‘प्रचण्ड नभए माओवादी पार्टि के हुन्छ ? प्रश्न नै गलत छ,’ प्रचण्डले सर्वसम्मत माओवादी अध्यक्ष चयन भएपछि सम्बोधन गर्दै भने,‘प्रचण्ड नहुँदैमा माओवादी आन्दोलन सिद्धिने हुनसक्दैन ।’
माओवादी पार्टीले इतिहासमा निकै ठूलो त्याग र बलिदानीको आधारशिला खडा गरेको तर्क गरे । उनले आफू अझै सक्रिय राजनीतिमा रहने बताए ।
प्रचण्डले भने,‘पार्टि रुपान्तरणको ऐतिहासिक आवश्यकतालाई हेर्दा केही समय सक्रिय नै हुनुपर्ने वाध्यता महशुश गरेँ ।’ उनले राष्ट्रर जनताप्रति फेरि ठूलो जिम्मेवारी आएको बताए ।