Logo

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई कोरोना संक्रमण



काठमाडौं, पुस २० । नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। केजरीवाल आफैंले सामाजिक सन्जालमार्फत् कोरोनाबाट संक्रमित भएको जानकारी गराएका छन् ।

‘हल्का लक्षण छ, आफूलाई घरमै आइसोलेट गरेको छु,’ समाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन् ।

उनले केही दिन अगाडि आफूसँग सम्पर्कमा रहेकाहरुलाई पनि कोभिड परीक्षण गराउन र आइसोलेसनमा बस्न आग्रह गरेका छन्।

 



प्रतिक्रिया दिनुहोस्