Logo

दक्षिण कोरियामा ओमिक्रोनबाट दुई जनाको मृत्यु



एजेन्सी, २० पुस । दक्षिण कोरियामा कोरोना भाइरसको घातक भनिएको ओमिक्रोन भाइरसबाट दुई जनाको ज्यान गएको बताइएको छ । दक्षिण कोरियामा यो भेरियन्टबाट पहिलो पटक यी दुई जनाको ज्यान गएको बताइएको हो ।

यो भेरियन्ट निकै घातक रहेको भनेर यसका विरुद्धमा व्यापक सतर्कता अपनाउनुपर्ने भनिएकामा यहाँ पहिलो पटक यी दुई जनाको ज्यान गएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

दक्षिण कोरियामा पनि डिसेम्बरको सुरुतिर यो भेरियन्ट भेटिएको थियो । गत डिसेम्बर २७ मा एक र २९ तारिखमा अर्का एकजनाको यो भेरियन्टबाट ज्यान गएको अधिकारीहरुले जनाएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्