Logo

नबिल इन्भेष्टमेन्ट बैंकिङले ल्यायो ‘आजीवन डिम्याट खाता’ अफर



काठमाडौं, २० पुस । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले नयाँ अफर ल्याएको छ । बैंकले कम्पनीले ग्राहकलाई वर्षेनी नवीकरण गरिरहनुपर्ने झञ्झट व्यहोर्नु नपर्ने गरी आजीवन डिम्याट खाता अफर ल्याएको हो ।

यो योजना गत वर्ष पुस २६ देखि नै सञ्चालनमा रहे पनि भर्खरै सुरु भएको अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा डिसेम्बर २०२२ सम्म २०२२ रुपैयाँ तिरेर ग्राहकले ९ सय ७८ छुटसहित यो खाता खोल्न सक्ने कम्पनीले जनाएको छ ।

अहिले नै डिम्याट खाता रहेका कम्पनीको ग्राहक पनि यसमा संलग्न हुन पाउनेछन् । उनीहरुले आफूले भुक्तानी गर्नुपर्ने नवीकरणबापतको बाँकी रकम भुक्तानी गरी प्राप्त गर्न सक्ने कम्पनीले भनाई छ ।

कम्पनीको अनुसार आजीवन डिम्याट खाता तथा मेरो सेयर खाता खोल्नको लागि नबिल इन्भेष्टमेन्टको वेबसाइटमा गई खोल्न सकिनेछ । नवीकरणबापतको भुक्तानी गर्न बाँकी रकम पनि वेबसाइटमा गई अनलाइनबाटै भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्