काठमाडौं, २० पुस । राष्ट्रिय सभाको आगामी माघ १२ हुने निर्वाचनको लागि उम्मेदवारी दर्ता सुरु भएको छ । सातै प्रदेशको निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि सुरु भएको उम्मेदवारी दर्ताको कार्यक्रम ३ बजेसम्म रहनेछ ।
राष्ट्रिय सभा निर्वाचनमा १२ दलले भाग लिने र दलहरुलाई पुस २५ गते निर्वाचन चिन्ह्र प्रदान गरिने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । चुनावका लागि गठबन्धनले साझा उम्मेदवारी दिने सहमति गरेको छ । एमाले भने एक्लै चुनाबी प्रतिस्पर्धामा उत्रदैछ ।