काठमाडौं, पुस २० । काठमाडौँ, पुस २० गते । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको खुला प्रतिस्पर्धाको पदपूर्ति प्रक्रिया अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले २०७७ फागुन ९ गते प्रकाशित सूचनाअनुसारको पदपूर्ति प्रक्रिया अघि बढाउन आदेश गरेको हो । त्रिविले खुला प्रतिस्पर्धाबाट सहप्राध्यापक र उपप्राध्यापकको पदपूर्ति गर्ने गरी उक्त सूचना जारी गरेको थियो ।
अदालतले विश्वविद्यालय सभाले २०७८ मङ्सिर १४ को निर्णयबाट संशोधित शिक्षक कर्मचारी सेवासम्बन्धी नियमले पनि सूचना भइसकेको खुला प्रतिस्पर्धालाई असर नगरेको भन्दै प्रक्रिया अघि बढाउन आदेश गरेको हो ।