Logo

हामी प्रधानन्यायाधीश हटाउने पक्षमा छैनौं, सिंगो न्यायालय सुधारको पक्षमा छौं : तामाङ (भिडिओसहित)



काठमाडौं, २० पुष । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले अदालतलाई सुधार गर्नुपर्नेमा जोड दिएका छन् । उनले सिंगो न्यायालयलाई सुधार गर्नुपर्ने आवश्यकत्ता औंल्याए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

जनताले न्याय पाउने हक अहिले कुण्ठित भएको टिप्पणी गरे । उनले अहिले पीडित झन पीडित हुने अवस्था रहेको दुःखद् अवस्था सुनाए । उनले आफ्नो पार्टी सिंगो न्याय क्षेत्र सुधारको पक्षमा रहेको बताए ।

उनले अहिले न्याय क्षेत्र ठूलो अप्ठ्यारोमा रहेको भन्दै यसको उपचार एउटा सिटामोल खाएर नहुने चित्रण गरे । उनले भने,‘हामी एउटा व्यक्ति हटाउने वा राख्ने पक्षमा छैनौं । हामी सिंगो न्यायलय सुधारको पक्षमा छौं ।’



प्रतिक्रिया दिनुहोस्