Logo

अमेरिकालाई इरानको चेतावनीः ट्रम्पविरुद्ध मुद्दा नचलाए बदला लिन्छौं



एजेन्सी, २० पुस । इरानका राष्ट्रपति इब्राहिम रइसीले अमेरिकाले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कारवाही नगरे बदला लिने चेतावनी दिएका छन् । जनरल कासिम सुलेमानीको हत्या भएको दुई वर्ष पुगेको अवसरमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उनले हत्याको आरोपमा ट्रम्पविरुद्ध मुद्दा चलाउन अमेरिकालाई भनेका हुन् ।सन् २०२० को सुरुवातमा ट्रम्पको आदेशमा ईरानी सैन्य कमाण्डर कासिम सुलेमानीको ईराकमा ड्रोन आक्रमण गरी हत्या भएको थियो।सुलेमानीले अमेरिकामा आक्रमणको योजना बनाएको र उनी एक आतंकवादी भएको ट्रम्पको भनाइ थियो।

तर इरानले भने आफ्ना सैन्य कमाण्डर मारिनुलाई देशमाथिको आक्रमण भनिरहेको छ। हाल इरानका राष्ट्रपति इब्राहिम रईसीले हालको अमेरिकी सरकारले ट्रम्पमाथि हत्या अभियोगमा मुद्दा चलाउनुपर्ने नत्रभने आफूले बदला लिने चेतावनी दिएका हुन्। सोमबार रईसीले भने,‘यदी जनरल सुलेमानीको हत्याको अभियोगमा ट्रम्प र तत्कालिन विदेशमन्त्री माइक पोम्पिओमाथि मुद्दा चलेन भने हामी हाम्रा शहिदको बदला लिनेछौं।’ उनले इस्लामीक कानुनअनुसार मुद्दा दर्ता हुनुपर्ने र न्याय दिनुपर्ने बताएका छन्।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्