Logo

नारायणहिटी प्रकरणबारे योगेश भट्टराईको टिप्पणी : मेरो लिखित निर्देश पत्र सार्वजनिक गर्न चूनौति दिन्छु



काठमाडौं, २१ पुष । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले आफूले नारायणहिटी दरबार संग्राहालयको जग्गा भाडामा नदिएको स्पष्ट पारेका छन् । हिजोमात्रै भट्टराईको नाम जोडेर विभिन्न समाचार आएको थियो । हिजै उनले सामाजिक सञ्जाल फेशबुकमार्फत उक्त समाचारप्रति आफ्नो गम्भीर ध्यानाकार्षण भएको जनाएका छन् ।

उनले लेखेका छन्-

नारायणहिटी दरबार संग्राहालयका बारेमा सार्वजनिक भएको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । त्यस सम्बन्धि कुनै पनि निर्णयमा मेरो संलग्नता नरहेको स्पस्ट गर्दछु साथै त्यस बारेका कुनै पनि निर्णय मेरो जानकारीमा समेत नरहेको सबिनय अनुरोध गर्दछु । आफ्नो संलग्नता नरहेको कुनै पनि कामप्रति मेरो जवफदेहीता नरहने स्वत: स्पस्ट छ । बिना कसुर कसैको सार्वजनिक छबीमा आँच आउने समाचार र टिप्पणी नगर्न सम्बन्धित सबैमा अनुरोध गर्दछु । मेरो संलग्नता रहेको भए सत्य तथ्य र मेरो हस्ताक्षर सहितको निर्णय कपी वा मेरो लिखित निर्देशन पत्र सार्वजनिक गर्न म चुनैती दिन्छु । स्मरणरहोस म मन्त्री हुनु पूर्व नै त्यहाँ कफी हाउस बनिसकेको थियो ।



प्रतिक्रिया दिनुहोस्