Logo

आज सर्वोचमा चाल्स शोभराजको मुद्दाको सुनुवाई हुँदै



काठमाडौं, २१ पुस । अन्तराष्ट्रिय कुख्यात अपराधी चाल्स शोभराजको मुद्दामाथि आज सुनुवाई हुँदैछ । शोभराजको मुद्दामाथि सुनुवाई गर्न सर्वोच्च अदालतमा आज पेसी तोकिएको हो । न्यायाधीश वमकुमार श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासमा पेशी तोकिएको छ ।

शोभराजले पुस ७ गते उमेरको हदको आधारमा कैद छुटको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । नेपालको कानुन अनुसार ७० वर्ष उमेर पुगेका कैदीबन्दीलाई असल चरित्र भएमा ७५ प्रतिशतसम्म कैद छुट गर्न सकिने व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस्