Logo

एमालेको आग्रहमा संसद बैठक स्थगित, अब पुस २८ गते बस्ने



काठमाडौं, २१ पुस । भोलि पुस २२ गते हुने प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । अब प्रतिनिधिसभाको बैठक पुस २८ गते  दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

पुस १८ गतेका लागि बोलाइएको बैठक माओवादी केन्द्रको महाधिवेशनको कारण स्थगित गरेर पुस २२ गते बोलाइएको थियो । आजको बैठक भने एमालेको कारण स्थगित भएको हो । एमालेले केही जिल्लामा अधिवेशन गर्न बाँकी रहेकोले केही समयको लागि बैठक स्थगित गर्न संसद सचिवाललाई आग्रह गरेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्