Logo

यदु खरेललाई गुप्तचर प्रमुखमा बढुवाको निर्णय



काठमाडौं, २१ पौष । मन्त्रिपरिषदको बैठकले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा यदु खरेललाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको बैठकले खरेललाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्री कार्यालय मातहतको विभागमा खरेल हालका प्रमुख गणेशप्रसाद अधिकारी सेवानिवृत्त भएपछि जिम्मेवारीमा पुग्नेछन् । उनको कार्यकाल २४ पौषबाट सुरु हुनेछ ।

हालको नियमावली अनुसार खरेलको कार्यकाल ९ महिनाको हुनेछ । खरेल राष्ट्रिय अनुसन्धान विभागका अनुभवी अधिकृत हुन् ।

राष्ट्रिय अनुसन्धान विभागमा ३२ वर्षे सेवावधि छ । ३२ वर्ष या ५८ वर्ष उमेरहदमध्येबाट सेवा निवृत्त हुने नियमावली छ । विगतमा ३० वर्षे उमेरहद थियो । त्यसमा संशोधन भएकाले खरेलको भाग्योदय भएको हो ।



प्रतिक्रिया दिनुहोस्